छात्रवृत्ति सम्बन्धी सूचन

यस फ्लोरिडा इन्टरनेसनल बोर्डिङ माध्यमिक विद्यालयमा यश शैक्षिक सत्र २०७९ का लागि “इन्दिरा नेपाल छात्रवृत्ति” र “पन्त छात्रवृत्ति” कार्यक्रमको सहकार्यमा प्राथमिक तहका जेहेन्दार, मिहिनेती एवम लगनशील तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट  १० जना  छात्रछात्राहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने हुँदा सो छात्रवृत्ति कार्यक्रम अन्तर्गत अध्ययन गर्न इच्छुक बालबालिकाका अभिभावकहरूले तपसिलको मिति र ठेगानामा आवेदन दिनहुन अनुरोध गरिन्छ।
छात्रवृत्ति फाराम वितरण: २०७९/०१/२५ – २०७९/०२/०५
परीक्षा: लिखित र मौखिक: २०७९/०२/०७
स्थान: विद्यालयको कार्यालय
संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू:
* अघिल्लो कक्षाको लब्धाङ्क पत्र (Mark Sheet)
* जन्म दर्ता प्रमाणपत्र
* आमाबुबाको नागरिकताको प्रतिलिपी
द्रष्टव्य: विद्यार्थी छनोट गर्दा छनोट समितिको निर्णय अन्तिम हुने छ।

Leave a Reply

Your email address will not be published.