लागू औषध तथा साइवर अपराध (Cyber Crime) सम्बन्धि सचेतिकरण कार्यक्रम

आज यस फ्लोरिडा मा.वि. को प्राङ्गणमा वडा प्रहरी कार्यालय महेन्द्रनगरले आयोजना गरेको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध तथा साइवर अपराध (Cyber Crime) सम्बन्धि सचेतिकरण कार्यक्रम यस बिधालयका प्रधानाध्यापक गङ्गा जोशी को सभापतित्वमा एबम प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्बेदी, विशिस्ट अतिथिहरु लागू औषध नियन्त्रण उपसमिति संयोजक भगवती थापा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सचिब बिमल खडायत, वडा प्रहरी कार्यालयका प्रमुख,प्रहरि निरीक्षक अमर बहादुर माझी, संयोजक मदन टेलर र पत्रकार, महासचिव अमर चन्दको समउपस्थितिमा सम्पन्न गरिएकोमा यस विधालयको तर्फबाट सहभागी सबै प्रती हार्दिक आभार सहित धन्यवाद ।